बि.स. : २०८२ माघ २७, मंगलबार

अमेरिकी वाणिज्य दूताबासबाहिर गोली चल्दा एक नेपालीसहित दुई जनाको मृत्यु

Aarya News Desk 2552  पटक हेरिएको

काठमाडौं। साउदी अरेबियाको जेद्दामा भएको अमेरिकी वाणिज्य दूताबासबाहिर गोली चल्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

बन्दरगाह सहर जेद्दामा रहेको वाणिज्य दूतावास नजिकै भएको उक्त हमलामा बन्दुकधारी र एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको समाचार अलजजिरामा छ। मृतकको थप परिचय भने समाचारमा खुलाइएको छैन।

मक्का क्षेत्रका प्रहरीका प्रवक्ताका अनुसार एक कार जेद्दा गभर्नरेटमा रहेको अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै रोकियो र कारभित्रबाट एक व्यक्तिले हातमा बन्दुक बोकेर बाहिर निस्किए। उनलाई सुरक्षाअधिकारीहरुले नियन्त्रणमा लिन खोजदा गोलाबारी भइ नेपाली सुरक्षा गार्डको मृत्यु भएको थियो।

साउदी प्रेस एजेन्सी (एसपीए) ले पनि अमेरिकी वाणिज्य दूतावासको निजी सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्डको मृत्यु भएको जनाएको छ।

गोलीबारीमा अमेरिकी नागरिक घाइते नभएका अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: २०२३-०६-२९ , समय : ०९:०६:३९ , ३ वर्ष अगाडि

error: Content is protected !!