बि.स. : २०८२ माघ २६, सोमबार

भारतले विराटनगरलाई पनि कालापानी जस्तै आफ्नो भूभाग भन्न सक्ने

Aarya News Desk 2991  पटक हेरिएको

विराटनगर। भारतीय सुरक्षाकर्मीहरुले नेपाल भारत दशगजामा आफ्नो अस्थायी क्याम्प खडा गरि हतियार सहित नेपाल तर्फ प्रवेश गर्ने गरेका छन्।

नेपालको विराटनगर देखि भारतको जोगवनी तर्फ रहेको दशगजामा हतियार सहित बसेर भारत तर्फ जाने भारतीय गाडी एवं नेपाली गाडीलाई दशगाजामा बसेर नेपाल तर्फ प्रवेश गरि गाडीलाई चेक जांच गर्ने गरेका छन्।

यस बिषयमा मोरङका प्रमुश जिल्ला अधिकती सशस्त्र प्रहरी बल मोरङ ,राष्ट्रिय अनुसन्धान कार्यालय मोरङ अनविज्ञ छान्न। दुइ देश विचको सुरक्षाकर्मीको वैठकमा नेपाल तर्फ बाट चुइक सम्म बोल्न सकेका छैन।

नेपाललाई हाम्रो भूभागको बिषयमा जानकारी नभएर भने पटकै होइन तर किन यस तर्फ नेपाल पक्ष निरिह बनि रहेका छन्। यसको खोजि विराटनगर बासिले गर्न थालेका छन्।

इतिहास साक्षी छ भारत र चिन विच युद्ध हुँदा नेपालको कालापानीमा अलिक दिन बस्न जमिन मांगेको र राजा महेन्द्रले दिएका थिए अहिले भारत ले आफ्नो भनेर कब्जा गरि रहेको छ।

कालापानी जस्तैको पूर्ण रुपमा विराटनगरमा नआउला भन्न सकिदैन। पहिला भारतीय पक्षको भन्सार गेट जोगवनी तर्फ जाने महात्मा गान्धी को शालिक नेरी थियो। तर अहिले भारतले प्रवेश द्वार दशगाजामा बनाएको छ। तर यस तर्फ नेपाल सरकार मौन बसेको छ। आफ्नो भूभाग को सुरक्षा गर्न नसक्ने सुरक्षाकर्मी खडागरेर पाल्नुको कुनै अर्थ देखिएन।

प्रकाशित मिति: २०२३-०६-२२ , समय : २१:१९:३२ , ३ वर्ष अगाडि

error: Content is protected !!