बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

जास्मिन उद्योगद्वारा महिलाको स्वास्थ्य संग खेलवाड; सेनेटरी प्याड किन्दा मिति एक पल्ट पकै हेर्नु होला

Aarya News Desk 2290  पटक हेरिएको

विराटनगर। महिलाको स्वास्थ्य माथि खेलवाड गर्ने काम पुर्वको केही उद्योगहरुले गरिरहेका छन्।

महिलालाई महिनावारी हुँदा प्रयोग गर्ने सेनटरी प्याड उतपादन गर्ने उद्योग जास्मिन हाउगिङ्ग प्रोडक्स टंकी सिनुवारी मोरङ वटा उतपादित महिला र बाल बालिकाले प्रयोग गर्ने सामानको गुणस्तरीयता माथि प्रश्न उठन थालिएको छ।

प्याकिङ्ग भई बजारमा ल्याएको तर समय नाघेको सामानको पुरानो मितिलाई केरमेट गरि नयाँ उत्पनादन मिति प्रयोग गरि बजारमा ल्याउने गरेका छ्न। केही उद्योगले म्याद समाप्त भएको सामानलाई भारत तर्फ पठाउने र भारतले पुन :नयाँ मिति हालेर आफ्नो उद्योगको नाम हाली पुन :नेपाल तर्फ पठाउने गरेको आशंका समेत गर्न थालिएको छ।

यस बिषयमा उद्योग को मेनेजर राजकुमार सुवेदी संग जिज्ञासा राख्दा हाम्रो उद्योगले उत्पादन गर्ने सेनेटरी प्याडको उतपादनमा कुनै कैफियत छैन भन्नुभयो। सेनेटरी प्याड बनाउदा उच्च सतेकता अपनाइन्छ। बिगतमा धैरे उतपादन हुन्थियो विजुलीको समस्याले गर्दा रेपडमा एकै पटक धैरे वटामा उतपादन मिति हाल्ने र रेपरलाई सुरक्षित तरिकाले राखिएको सुवेदीले बताउनुभयो।

सोहि रेपरलाई पुन:प्रयोग गर्दा पुरानो ,मिति मेटिएर नयाँ मिति हालेर बजारमा सामान पठाइएको मात्र हो भन्नु भयो। खराब देखिएका सेनेटरी प्याड छन् हामीले भारत तर्फ पठाउने गरेका छौं सुवेदीको भनाई थियो। उतपादन नयाँ हो रेपर पुरानो हो भन्दा अरु केही होइन् वहांको भनाई थियो।

यसरी उद्योगले सेनेटरी प्याडको रेपर मा पुरानो मिति लाई केरमेट गरि नयाँ मिति हाली बजार पठाईरहेको बेला बजार , गुदाम , पसलमा रहेको पुरानो सेनेटरी प्याडको रेपरमा मिति केरमेट गरि नयाँ मिति हाल्न सजिलो भएको देखिन्छ। पुरानो सेनेटरी प्याड बिक्रि वितरण गर्न सहज हुने भएको छ। यसलाई हेर्दा उद्योगले महिलाको स्वास्थ्य संग खेलवाड गरिरहेको बुझिन्छ छ। यस तर्फ सम्बन्धित निकाईको ध्यान जानु जरुरि छ।

प्रकाशित मिति: २०२३-०६-१४ , समय : १२:४७:४५ , २ वर्ष अगाडि

error: Content is protected !!