बि.स. : २०८२ माघ २७, मंगलबार

मिशन पत्रकारिताको आवश्कता छैन : मुख्यमन्त्री कार्की

राजीव कुशवाहा 2237  पटक हेरिएको

विराटनगर। नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले १ दिने प्रादेशिक मिडिया सम्म्मेलनको आयोजना गरेको छ।

कोशी प्रदेशका महासंघका अध्यक्ष र सचिवलाई अनिवार्य उपस्थिति हुने गरि आयोजना गरेको सो मिडिया सम्मेलनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्बोधन गर्नु भएको थियो। उक्त अवसरमा मुख्यमन्त्री कार्कीले नेपालका हरेक राजनीति आन्दोलनहरुमा मिशन पत्रकारिता को कारणले सफल भएको हो भन्नु भयो।

अहिले एउतै घटनालाई आफ्नो अनुकुल लेख्ने र पुष्टि गर्ने काम भई रहेको हुँदा यसले समाजलाई अन्योल तर्फ धकेली रहेको छ कार्कीले भन्नु भयो। अब मिशन पत्रकारिताको आवश्कता छैन लोकतन्त्रलाई बल्यो बनाउन सहि सत्य समाचार लेख्न आग्रह गर्नु भयो।

नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकार महासंघ दलको भर्ति केन्द्र भएको भन्ने आरोपलाई अन्त गर्न सदस्य सुदिकरण अभियान संचालन गरेको बताउनुभयो। राज्यको प्राथमिकतामा नेपालको मिडिया पर्न सकेको छैन। यस तर्फ सबै लग्नु पर्छ पोखरेलको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्ल्ब घिमिरेको समपतित्वमा सो कार्यक्रममा पत्रकारहरु मिनकुमार नबोदित बिक्रम लुइँटेल लगायतका बोल्नुभएको थियो।

प्रकाशित मिति: २०२३-०६-०५ , समय : २२:११:२० , ३ वर्ष अगाडि

error: Content is protected !!