बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

आयरिश अभिनेता रे स्टिभेन्सनको निधन

Aarya News 3773  पटक हेरिएको

नयाँ दिल्ली। आयरिश अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । ‘रोम भाइकिंग’ र ‘डेक्सटर’ जस्ता टिभी शोबाट चर्चित भएका उनको ५८ वर्षको उमेरमा मृत्यु भएको हो  ।

स्टिभेन्सनले भारतीय फिल्म निर्माता एस.एस. राजामौलीको ओस्कार विजेता फिल्म आरआरआरमा खलनायकको भूमिका निभाएका थिए।

उनको मृत्युको कारण विस्तृत रुपमा खुलेको छैन।  तर इटालीको इस्चिया टापुमा गोली चल्दा उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

त्यतिबेला उनी एक्सन फिल्म ‘क्यासिनो’ को सुटिङमा थिए । स्टिभेन्सनको उत्तरी आयरल्याण्डमा जन्म भएको थियो। आठ वर्षको उमेरमा उनी इङ्गल्याण्ड गएका थिए। उनका बुबा रोयल एयर फोर्समा काम गर्थे। बीबीसी

प्रकाशित मिति: २०२३-०५-२३ , समय : ११:०५:४८ , ३ वर्ष अगाडि

error: Content is protected !!