बि.स. : २०८२ माघ २६, सोमबार

जोगवनीबाट घरायसी प्रयोजनको लागि सामान ल्याउने क्रम कम भए पनि व्यापारीको लागि कायमै

Aarya News Desk 4758  पटक हेरिएको

विराटनगर। भारतको जोगवनी बजार गई सामान किनेर ल्याउने क्रम अहिले पनि कायमै रहेको छ ।उक्त स्थानबाट घरायसी सामान किनेर ल्याउनेको संख्या निकै कम देखिन्छ।

सरकारले रोजगारीको व्यवस्था गर्न नसक्दा जोगवनी बजार गई समान किनेर विराटनगर दुहबी इटहरी धरान लगायत अन्य स्थानमा खोलिएका पसलमा सामान दिएर घर परिवार चलाउनेको संख्या अत्याधिक रहेको छ।

व्यापारी प्रयोजनको लागि जोगवनी गई सामान ल्याउदा सम्बन्धित निकायले सहजीकरण गरि काम गरेमा राजश्व संकलनमा वृद्धि हुने थियो। तर पनि भएको जनशक्ति को कारण राजश्वमा वृद्धि भए नभए पनि राजश्व संकलन भई रहेको छ।

माघ ,फागुन ,चैत्र महिनामा मात्र विराटनगर भन्सार कार्यालय रानी यात्रुशाखाबाट १ करोड ६३ लाख ३५ हजार भन्दा बढी राजश्व संकलन भएको छ। माघमा ५२ लख ५८ हजार ,फागुन मा ५९ लाख २१ हजार र चैत्र मा ५१ लाख ५६ हजार राजश्व संकलन गरिएको भन्सार कार्यालय अधिकृत परशुराम दाहालले बताउनुभयो।

प्रकाशित मिति: २०२३-०५-१३ , समय : ०९:५५:३३ , ३ वर्ष अगाडि

error: Content is protected !!