बि.स. : २०८२ चैत्र १९, शुक्रबार

शान्तिवन एक्स्पो २०८० पहिलो दिनमै अवलोकनकर्ताको बाक्लो घुईचो

Aarya News 3207  पटक हेरिएको

देवानगञ्ज । कृषि औद्योगिक प्रदर्शनी तथा विज्ञान मेला शान्तिवन एक्स्पो २०८० मा पहिलो दिनमै अवलोकनकर्ताको बाक्लो घुईचो लागेको छ ।

सुनसरीको वर्जु गाउँ पालिका वडा नं ५ स्थित शान्तिवनमा वैशाख ६ गते देखि ९ गते सम्म संचालन भईरहेको विज्ञान मेलामा पहिलो दिन विज्ञान प्रदर्शनी अवलोकन कर्ताहरुको बाक्लो भीड देखिएको हो ।

देशको ७७ वटै जिल्लाका विद्यालयहरुबाट प्रतेक जिल्लाको विज्ञानमा रुचि राख्ने विद्यार्थीहरूद्वारा गरिएको आविष्कारलाई प्रदर्शनी को निम्ति एभरेस्ट साईन्स सेन्टर नेपालको प्राङ्गणमा एकै ठाउँमा विज्ञान शिक्षक संघ (स्तान) को सहयोगमा सहभागी गराई विज्ञान प्रदर्शनी मेला सुरु गरिएको हो ।

प्रकाशित मिति: २०२३-०४-१९ , समय : २३:२०:३२ , ३ वर्ष अगाडि

error: Content is protected !!