बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

जग्गाको विषयमा झडप हुदा गोली लागेर एक जनाको मृत्यु

Aarya News Desk 1311  पटक हेरिएको

रौतहट। रौतहटमा शनिबार गोली लागेर एक जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ८ धोबिनिया गाउका स्थानिय राजकुमार रायको गोली लागेर मृत्यु भएको स्थानियले बताएका छन ।

त्यसतै गोलीको छरा लागेर निरन्जन राय यादब गम्भिर घाईते भएको छ भने प्रताप राय यादब र कपिल देव राय यादब समान्य घाईते भएको छ ।सो स्थानमा सडक फराकिलो बनाउने विषयमा स्थानिय बिच विवाद भई झडप भएपछि गोली चलाएको स्थानियले बताएका छन ।

स्थानिय दुइ पक्षबिच जग्गाको विषयमा झडप हुदा दुबै पक्षले अबैध हतियार प्रयोग गरेको बताइए तापनि गोली कसले चलायो त्यो भने पुष्टि भइसकेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

तर प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको एसपी बुढामगरले बताए ।अहिले सो स्थानमा जिल्ला प्रहरी कार्यालय सहित अन्य इलाका प्रहरी कार्यालयका प्रहरीहरु पुगिसकेको जनाइएके छ ।

यसबारे विस्तृत विवरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-१५ , समय : १९:२३:४५ , २ वर्ष अगाडि

error: Content is protected !!