बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

बितेका २४ घन्टामा भारतभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिए

Aarya News Desk 2693  पटक हेरिएको

नयाँ दिल्ली। बितेका २४ घन्टामा भारतभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् । बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् ।

हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति: २०२३-०४-१५ , समय : १४:२६:२१ , ३ वर्ष अगाडि

error: Content is protected !!