बि.स. : २०८२ चैत्र २२, सोमबार

अमेरिकाको टेक्सासमा डेरी फार्ममा विष्फोट, १८ हजार गाईको मृत्यु

Aarya News Desk 3170  पटक हेरिएको

वासिङटन डिसी। अमेरिकाको टेक्सास राज्यको पश्चिमी क्षेत्रमा रहेको एक डेरी फार्ममा विष्फोट हुँदा १८ हजार गाईको मृत्यु भएको छ ।

यो अमेरिकाको फार्ममा लागेको अहिलेसम्मकै ठूलो आगलागी भएको बताइएको छ । यस हप्ताको सुरुमा डिमिट सहर नजिकै रहेको साउथ फोर्क डेरीमा विस्फोट भएको थियो। विष्फोटमा एकजना घाइते भएको पनि बताइएको छ ।

डेरी फार्मको मेसिनरीबाट निस्केको मिथेन ग्यासले आगलागी भएको हुनसक्ने अधिकारीहरुको अनुमान छ ।

क्यास्ट्रो काउन्टी शेरिफको कार्यालयले विस्फोटको तस्बिरहरू साझा गरेको छ, जसमा फार्मबाट धुवाँको ठूलो मुस्लो उठेको देखिन्छ।

आगलागी र धुवाँमा निसास्सिएर कति गाईको मृत्यु भयो भन्ने यकिन संख्या थाहा नभएको तर १८ हजार गाईवस्तु बेपत्ता रहेको बीबीसी समाचारमा उल्लेख छ ।

 

प्रकाशित मिति: २०२३-०४-१४ , समय : १३:१२:१६ , ३ वर्ष अगाडि

error: Content is protected !!