बि.स. : २०८३ आषाढ ०१, सोमबार

नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि

Aarya News 3807  पटक हेरिएको

नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स १.९७ अंकले बढेर ३५३.९५ विन्दुमा अडिएको छ।

 

सामान्य अंकले बढेको सेयर बजारमा कालिञ्चोक दर्शनको मात्रै सूचक ९.९७ प्रतिशतले बढेको छ। सानिमा ग्रोथ फन्डको सूचक ८.०७ प्रतिशतले बढ्यो।

आज २६२ कम्पनीको सेयर कारोबार भयो। सो कम्पनीको २६ लाख  २ हजार ९५६ कित्ता सेयर ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँको सेयर कारोबार भयो। २१ हजार ५०४ पटक कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने तीनको घटेको हो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक १ प्रतिशत बढिले बढ्यो।

मनु एन्ड प्रो,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक ओरालो लाग्यो।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १५:२३:५६ , ३ वर्ष अगाडि

error: Content is protected !!