बि.स. : २०८२ चैत्र २५, बिहिबार

अनलाइनमार्फत् ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ

Aarya News 2637  पटक हेरिएको

काठमाडौं। अनलाइनमार्फत् ठगी गर्ने ९ चिनियाँसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध महाशाखाले उनीहरूलाई बुढानिलकन्ठको वडा-२ महादेवखोला, काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो।

चिनियाँ नागरिकहरूले अवैधरूपमा अफिस सञ्चालन गरी सामाजिक सञ्जाल वाट्सएपमा विभिन्न व्यक्तिहरूसँग कुराकानी गरी अनलाइनमार्फत् बिजनेसबाट ठूलो रकम फाइदा हुन्छ भनी टेलिग्राम र अप्रेशन टिचर नामक च्यानलमार्फत् अनलाइन कक्षा सञ्चालन गरी विभिन्न प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ह्वाङ ह्वान रोङ, स्यू फुस्याङ, लान चङ वे, से कोव इ, से स्वाङ ति, काव मिङ, हौ फिङ विङ, छन तुर लिन र लि च्या होङ रहेका छन्।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १४:५९:०४ , ३ वर्ष अगाडि

error: Content is protected !!