बि.स. : २०८३ बैशाख १४, मंगलबार

शिक्षा विकास तथा समन्वय इकाइ,सर्लाहीले एसइइ परीक्षाको तयारी पारे तिब्र

राधेश्याम कुशवाहा 2430  पटक हेरिएको

सर्लाही। शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी तिब्र पारेको छ ।

आउदो चैत १७ गतेदेखि सुरु हुने एसइइ परीक्षा सञ्चालनका लागि धमाधम तयारीको काम अघि बढेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ ।

परीक्षामा सहभागी हुन जिल्लाभर १० हजार ९१६ जना विद्यार्थीले फारम भरेका छन् । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना विद्यार्थीले कक्षा १० को अध्ययन पूरा गरी एसइइ दिन लागेका शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले बताए ।

कुशवाहाका अनुसार परीक्षा सञ्चालनका लागि अहिले प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाउने काम भइरहेको छ । एसइइ सञ्चालनका लागि जिल्लाभर ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत वर्ष ३६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि चक्रघट्टा गाउँपालिकामा पनि पहिलो पटक एसइइको परीक्षा केन्द्र कायम गरिएको छ । चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालयमा पहिलो पटक परीक्षा केन्द्र कायम गरिएको हो ।

एसइइमा सामुदायिक ९८, संस्थागत ४५, खुला दुई र गृहणी एउटा गरी १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । प्राय ः परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाएर एसइइ सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहले बताए ।

गत वर्षको एसइइ मा ३७ वटा परिक्षा केन्द्र मार्फत जम्मा १०४२१ जना विधार्थीहरु सहभागी भएका थिए भने सामुदायिक विधालयमा ९०७९ जना र निजि विधालयमा १३४२ जना विधार्थी सहभागी भएको थियो ।

सामुदायिक माध्यमिक विधालय–९८ र संस्थागत–५५, खुला विधालय–२ र गृहणी विधालय–१, धार्मिक विद्यालय शून्य गरी जम्मा १५६ विद्यालय सहभागित रहेका थिए । गत बर्ष एउटा पनि होम सेन्टर परीक्षा केन्द्र समेत नरहेको थियो ।

एसइइ सञ्चालनका लागि चैत १० गते प्रदेश राजधानी जनकपुरमा मधेश प्रदेशस्तरीय अभिमुखीकरण राखिएको छ ।

प्रदेशको अभिमुखीकरण सकिएपश्चात जिल्लामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षलगायतलाई अभिमुखीकरण प्रदान गरिने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-२४ , समय : १६:१८:३४ , ३ वर्ष अगाडि

error: Content is protected !!