बि.स. : २०८३ बैशाख १४, मंगलबार

इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु

Aarya News 2417  पटक हेरिएको

सिरहा। सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो।

इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

घाइते ३५ वर्षीया बवी वीवी र ४० वर्षीया ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

इँटाभट्टामा काम गर्ने मजदुरलाई सामान्य सुरक्षाको समेत व्यवस्था नमिलाउँदा पटकपटक दुर्घटनामा परी मजदुरको अंगभंग हुने र ज्यानै समेत जाने गरेको छ। रासस

प्रकाशित मिति: २०२३-०३-२४ , समय : ११:३६:५६ , ३ वर्ष अगाडि

error: Content is protected !!