बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

ठगी मुद्धाका फरार प्रतिवादी ४ बर्ष पछी पक्राउ

Aarya News 1026  पटक हेरिएको

देवानगञ्ज। ठगी मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका दुहवी नगरपालिका-१० का ३७ बर्षीय सञ्जय कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित जिल्ला अदालत मोरङको २०७५/०२/२७ गतेको फैसला आदेशले चौधरीलाई ठगी मुद्धामा १ वर्ष ७ महिना कैद र ५६८४५०/- रुपैयाँ जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले यही चैत्र ७ गते पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी अदालत उपस्थित गराईएकोमा कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १२:४०:१० , २ वर्ष अगाडि

error: Content is protected !!