बि.स. : २०८३ साउन १५, शुक्रबार

सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटे

Aarya News 3948  पटक हेरिएको

काठमाडौं। सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासं‌घका अनुसार आज सुन तोलामा दुई हजारले घटेर तोलाको १ लाख ७ हजार ८ सयमा झरेको छ।

तेजावी सुन तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: २०२३-०३-२२ , समय : १२:४४:५५ , ३ वर्ष अगाडि

error: Content is protected !!