बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न किरियापुत्री सांसद जहाज चढेर काठमाडौं

Aarya News 2968  पटक हेरिएको

काठमाडौँ । आफ्ना बाबुको निधनमा किरियामा बसेका गण्डकी प्रदेश सभाका सांसद प्रकाश बराल उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि काठमाडौं गएका छन्। बरालका पिता लोकनाथको २६ फागुनमा निधन भएको थियो।

काजकिरियाकै पोसाकमा सांसद बराल बुद्ध एयरको जहाजमार्फत शुक्रबार बिहान काठमाडौं उडेका हुन्। कास्की ३ (ख) बाट विजयी नेपाली कांग्रेसका सांसद बराल शुत्ररबार १० बजेदेखि ३ बजेसम्म हुने मतदान सकेर पोखरै फर्कने छन्।

उपराष्ट्रपति निर्वाचनका लागि गण्डकी प्रदेशका अधिकतर सांसद भने बिहीबारै काठमाडौं गएका थिए।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १३:०५:४३ , २ वर्ष अगाडि

error: Content is protected !!