बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

प्रसुती सेवा एम्बुलेन्स वेवारिसे अवस्थामा

Aarya News 3003  पटक हेरिएको

विराटनगर । विराटनगर महानगर पालिका द्वारा संचालित प्रसुती सेवा एम्बुलेन्स वेवारिसे अवस्थामा रहेको छ।

नेपाल भारत सहयोगमा प्राप्त एवुलेन्स अतिआवश्यक वस्तुमा पर्दछ। यो एम्बुलेन्स महानर पालीकाको हातामा नराखीकन अरूको जग्गामा खुला आकाश मुनि राख्ने गरेको छ।

विराटनगर महानगर पालीका वडा नम्बर ३ मा रहेको  खाली जग्गामा १२ घन्टा जति राख्ने गरेको पाइएको छ।

महानगर पालीका द्वारा संचालित एवुलेन्स ले २४ घन्टा सेवा दिने हो। यो एम्बुलेन्स कहाँ राखीन्छ राति दिउँसो विहान यस तर्फ महानगरपालीका को ध्यान जान सकेको छैन।

महानगर पालीकाका का मेयर, उपमेयर, कार्यकारिणी अधिकृतलाई लाने ल्याउने सवारीसाधनले काम सकेपछि सवारी साधन कार्यलयमा राखिन्छ सुरक्षित तरिकाले  तर एम्बुलेन्स खुला आकाश मुनी असुरक्षित तरिकाले राखीन्छ किन ? यस तर्फ ध्यान जानु जरूरी छ।

प्रकाशित मिति: २०२३-०३-०८ , समय : २०:५४:५८ , ३ वर्ष अगाडि

error: Content is protected !!