बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरे

राजीव कुशवाहा 1368  पटक हेरिएको

विराटनगर । अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनका लागि सभापतिमा रोहित यादव र सचिवमा आशिका लम्सालले उम्मेदवारी घोषणा गरेको हो।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको क्रान्तिकारी महेन्द्र मोरङ बुहमुखी क्याम्पस इकाई कमिटीका इन्चार्ज अभिमन्यु यादवले बताउनुभयो।

स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ ।सोही अनुसार अखिल क्रन्तिकारीले सभापति र सचिवको उमेदवार तत्काल घोषणा गरेको र कोषाध्यक्ष र सदस्यको उम्मेदारी केही दिनपछि घोषणा गर्ने तयारी रहेको  इन्चार्ज यादवले बताउनुभयो ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सदस्य देवा यादवले अन्य पार्टीमा साझेदारी गरेर चुनाव लड्ने बजार हल्ला रहेको बताउनुभयो । उहाँले निर्वाचनमा एक्लै भिड्ने र चुनाव जितेर देखाउने बताउनुभयो । सचिव र सभापतिका उम्मेदवार नै बलियो उम्मेदवारी रहेको इन्चार्ज यादव ले दाबी गर्नुभयो।

प्रकाशित मिति: २०२३-०३-०८ , समय : १३:५६:५१ , २ वर्ष अगाडि

error: Content is protected !!