बि.स. : २०८३ बैशाख १४, मंगलबार

सुनसरी, मोरङ र झापामा गरि ७५० वटा स्यालो ट्युवेल जडान गर्ने काम सम्पन्न

Aarya News Desk 2377  पटक हेरिएको

विराटनगर। नेपाल सरकारले स्यालो ट्युवेल मार्फत सिचाई सुविधा उपलब्ध गराउने नितिलाई निरन्तरता दिदै आएको छ।

सोही निति अनुसार भूमीगत जलस्रोत विकाश समिति बिराटनगर मार्फत सुनसरी,मोरङ र झापामा गरि ७५० वटा स्यालो ट्युवेल जडान गर्ने काम सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०७९ / ०८० मा उक्त संख्याको स्यालो ट्यूबेल जडान गरे पछि उक्त जिल्लाका किसानहरुले वेमौसी खेती समेत लगाउन सकने भएका छन्।

मोरङमा २५० वटा स्यालो ट्युवेल जडान कार्य सम्पन्न भएको छ ,यस बाट १ हजार बिगाहा जग्गा सिचाई हुने भएको छ। त्यसै गरि सुनसरीमा १५० वटा स्यालो ट्युवेल जडान कार्य सम्पन्न भएको छ ,यसबाट ६ सय बिगाहा जग्गा सिचाई हुने बताईन्छ ।

झापामा भने ३५० वटा स्यालो ट्युवेल जडान गर्ने कार्य सम्पन्न भएको छ ,यसबाट १ हजार ४ सय बिगाहा जग्गा सिचाई हुने कुरा कार्यालय प्रमुख कामेश्वर यादवले बताउनुभयो।

यसवाट बेमोसमी खेती तर्फ किसान आर्कषीत हुने देखीएका छन।

प्रकाशित मिति: २०२३-०३-०६ , समय : ०९:०२:१३ , ३ वर्ष अगाडि

error: Content is protected !!