बि.स. : २०८२ माघ २६, सोमबार

विराटनगर महानगरपालिकाको वडा नम्बर १७ मा जसपा विजय

आर्य न्युज 3010  पटक हेरिएको

जेष्ठ ०२ गते ।विराटनगर महानगरपालिकाको वडा नं. १७ मा जनता समाजवादी पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको छ  । जसपाका समिम कमर मियाले १ हजार ४५० मत प्राप्त गरी विजयी भएको छ ।
निकटत् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असमल आलमले ९४४ मत प्राप्त गरेका छ्न । आलम यसअघि विराटनगर १५ का तत्कालिन संघीय समाजवादी फोरमबाट वडाध्यक्ष निर्वाचित भएको थियो ।
उहाँ कांग्रेस प्रवेश गरेर वडा नम्बर १७ मा उठेका थिए । वडा नंं १७ को सदस्यमा जसपाका जाकिर आलम १२०१, महमद मन्जर आलम १०६२, महिला सदस्यमा चुलिया देवी साह १२८२ र दलित महिला सदस्यमा बसन्तीदेवी पासवान १२७७ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विराटनगर महानगरपालिकाको ६ वटा वडामा जारी मतगणनामा वडा नं. १९ मा नेकपा एमाले प्यानलै निर्वाचित भइसकेको छ । वडा नं. १, २, १६ र १८ को मतगणना जारी छ ।

प्रकाशित मिति: २०२२-०५-१६ , समय : ०९:२०:३६ , ४ वर्ष अगाडि

error: Content is protected !!