बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

फरार प्रतिबादी पक्राउ

Aarya News 1241  पटक हेरिएको

बिराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको (RIT) समुहबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

चेक अनादर मुद्धामा सम्मानित मोरङ जिल्ला अदालत बिराटनगरको मिति २०७६|०५|०३ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद र ३ हजार रुपैया जरिवाना बेरुजु रहि फरार हरेका गढी गाउँपालिका-२ सुनसरीका २९ बर्षीय दिवाकर यादबलाई गाउँघरमा नै लुकिछिपि बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका यादबलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गराईएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

प्रकाशित मिति: २०२३-०२-१९ , समय : १७:३८:४० , २ वर्ष अगाडि

error: Content is protected !!