बि.स. : २०८२ माघ २६, सोमबार

धर्म निरपेक्षताको आडमा इसाई करण तिब्र रूपमा बढ्दै

Aarya News Desk 3687  पटक हेरिएको

विराटनगर। नेपालमा धर्म निरपेक्षताको आडमा इसाई करण तिब्र रूपमा बढी रहेको छ। यसलाई नियन्त्रण नगरेको खण्डमा मुलुक दुर्घटनामा पर्न सक्छ। राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर १ समितिले माननीय मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाउदै सो बिचरा अघि सारेको हो।

देशको राष्ट्रियता माथि घम्भिर खतरा छ कालापानी सहिको भूभागलाई संसद भित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलहरूले नेपालको नक्सामा सामेल गर्ने प्रस्ताव पारित गरि त्यसलाई समर्थन गरे पनि अहिले सम्म उक्त भुभाग भारतीयको कब्जामा छ। त्यो स्थितिमा कालापानीको बिषयलाई अन्तर्राष्ट्रिय करण गर्न सरकार संग राष्ट्रिय जनमोर्चाले मांग गरेको छ।

कुनै पनि दृष्टिकोणले संघीयता नेपालको लागि उपयुक्त प्रणाली होइन संघीयताको कारण गणतन्त्र र राष्ट्रियता माथि खतरा उत्पन्न भएको छ। गणतन्त्र र राष्ट्रियताको रक्षाको लागि संघीयता खारेज गर्नुपर्ने कुरा माथि जोड दिएको कुरा राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर १ का प्रतिनिधि टंक प्रसाद गोतमले बताउनुभयो।

नेपालमा अमेरिकाले आफ्नो प्रभावमा बृद्धि गरेर चिनका बिरूद्ध नेपाली दुरुपयोग गर्ने उद्देश्य रहेको छ नेपाललाई विदेशीको किरिडा स्थल हुन् न दिन एएमसिसि सम्झौता खारेज गर्ने कुरा माथि ज्ञापन पत्र मार्फत सरकारलाई जानकारी गराएको कुरा राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर १ का अध्यक्ष अमृत बहादुर पाण्डेले बताउनुभयो।

प्रकाशित मिति: २०२३-०२-१६ , समय : २०:२४:०९ , ३ वर्ष अगाडि

error: Content is protected !!