बि.स. : २०८२ चैत्र २१, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा पुनः उजुरी

Aarya News 2363  पटक हेरिएको

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा पुनः उजुरी परेको छ। आइतबार युवराज पौडेलले निर्वाचन आयोगमा रास्वपा खारेजीको माग गर्दै निवेदन दिएका हुन्।

सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक एवं नेपाली नागरिक हुन अयोग्य ठहर गरेकाले दल दर्ता खारेज हुनुपर्ने माग उनको छ।

निवदेनमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर, निवेदनको बुँदा नम्बर (२) को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्थामा पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो ।’

यसअघि पनि पौडेलले रास्वपा खारेजीको माग गर्दै निवेदन दिएका थिए ।

प्रकाशित मिति: २०२३-०२-१२ , समय : १६:४२:३७ , ३ वर्ष अगाडि

error: Content is protected !!