बि.स. : २०८२ माघ २६, सोमबार

रमपमलाई पहिलो प्राथिमिकता दिँदा सिएनआई कोशी एक्स्पो हो वा रमपम कोशी एक्स्पो जवाफ खोज्दै व्यापारी

राजीव कुशवाहा 2689  पटक हेरिएको

विराटनगर । माघ १९ गते देखि विराटनगरमा सञ्चालन भएको सिएनआई कोशी एक्स्पो २०२३ आयोजकको लागि निल्नु न उकल्नु भएको छ। नेपाल उद्योग परिघंग प्रदेश एक ले आयोजना गरेको उक्त मेला सिएनआई कोशी एक्स्पो २०२३ हो वा रमपम कोशी एक्स्पो हो यसको जवाफ व्यापारी क्षेत्रबाट खोज्न थालेका छन्।

आयोजकले पहिलो प्राथमिकता रमपमलाई दिएको हुँदा सहयोग हामीले पनि गरेका छौँ भनेर तिव्ररूपमा असहमति जनाउन थालेका छन्। मेला सुरु हुँदै व्यापारीबाट तिव्ररूपमा असहमति जनाउनू र बाटो छेकेर मेला लगाईएको बिषयमा उच्च अदालत विराटनगरमा रिट परे पछि यसले थप चर्चा पाउन थालेको छ।

मेला सञ्चालनको लागि बनाईएको गेट समान राख्न बनाईएका स्टलहरू भारतीय नागरिक लाई जिम्मा दिएको हुँदा नेपाली रूपैयाँ भारत तिर जाने देखिन्छ। त्यहाँ ४ सय जती स्टलहरू बनाईएकोमा त्यहाँ राख्ने स्टल कर्ताहरू करको दायरामा आएको छैन।

त्यहाँ राखिएका होटेलहरू, क्यान्टिनहरूले खानेकुरा दिँदा बजार भन्दा महँगो शुल्कमा बेच्ने गरेका छन्। यसरी त्यहाँ बेचिएका खाने कुराहरू गुणस्तर छ कि छैन त्यसको अनुगमन गर्ने निकायहरू पनि अन्जान बनेर बसिरहेका छन्।
मानिसको स्वास्थ्य माथि मेलाको नाममा गरिने खेलवार प्रति सरोकारवाला निकायले ध्यान जानु जरुरी छ।

प्रकाशित मिति: २०२३-०२-०४ , समय : २२:५२:३६ , ३ वर्ष अगाडि

error: Content is protected !!