बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

आगलागीमा परी ३ जनाको मृत्यु; ३२ जना घाइते

Aarya News Desk 1263  पटक हेरिएको

कायरो। इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी ३ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको हो। त्यसमा परी ३ जनाको ज्यान जानुका साथै ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए । केही घाइते भइ अस्पताल पुर्‍याइएको थियो ।

आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०२३-०२-०३ , समय : ०८:३८:२६ , २ वर्ष अगाडि

error: Content is protected !!