बि.स. : २०८३ आषाढ ०६, शनिबार

मुख्य राजमार्गमा मध्यरातमा एक ट्यांकर डिजेल चोरी

Aarya News 3067  पटक हेरिएको

काठमाडौं। देशको मुख्य राजमार्गमा मध्यरातमा एक ट्यांकर डिजेल चोरी भएको छ।

सप्तरीको रुपनगरस्थिति उक पेट्रोल पम्पबाट शनिबार राती ट्यांकर हराएको थियो। सो ट्यांकर शनिबार बिहानमात्र स्थानीयले जंगल जाने बाटोमा फेला परेको थियो।

व्यवसायी गुणराज निरौलाको नाममा रहेको को १ ख ३६५५ नम्बरको ट्यांकर रुपनगरमै घर भएका चालक विनोद भुजेलले चलाएका थिए। हराएको तेल दिलिप आयल ट्रेडर्स र भण्डारा ट्रेडर्सले खरिद गरेको पाइएको छ। चोरी भएको डिजेलको खुद्रा मूल्य ३४ लाख रुपैयाँ पर्छ। ट्यांकर अम्लेखगञ्ज डिपोबाट डिजेल लिएर विराटनगर जाँदै थियो। हराएको ट्यांकर खैरवनामा फेला परेको हो।

नेपाल आयल निगमले तेल चोरी गर्नेलाई हदैसम्मको कारबाहीको तयारी गरेको छ। निगम प्रवक्ता विनितमणी उपाध्यायका अनुसार ट्यांकर चालक तीन महिना निलम्बनमा पर्नेछन्।

यसैगरी तेल चोर्ने दुई पेट्रोल पम्पबाट सबै तेल जफत गरी १ लाख रुपैयाँ जरिवाना गरिनेछ भने ६ महिना ती पम्पलाई तेल बेच्न दिइने छैन।

प्रकाशित मिति: २०२३-०२-०१ , समय : १६:०१:४३ , ३ वर्ष अगाडि

error: Content is protected !!