बि.स. : २०८३ आषाढ ०८, सोमबार

एटीएम फोडेर पैसा झिक्न खोज्ने सेक्युरिटी गार्ड पक्राउ

Aarya News Desk 3787  पटक हेरिएको

भक्तपुर। भक्तपुर एटीएम फोडेर पैसा झिक्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका-३ ठकुरी गाउँ झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन्।

उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेसिन फुटाउन खोजेको र असफल भई छाडी आएको देखिएकाले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए।

हाल मुक्तिनाथ विकास बैंकको गार्डका रूपमा रहेका उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धम्बाराहीका रहेको जनाइएको छ।

उनी २०६१ सालमा भर्ना भएका सशस्त्र प्रहरीको पूर्व कर्मचारीसमेत रहेको जनाइएको छ।

प्रकाशित मिति: २०२३-०१-२८ , समय : ०८:२९:३३ , ३ वर्ष अगाडि

error: Content is protected !!