बि.स. : २०८२ माघ २६, सोमबार

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

Aarya News Desk 2848  पटक हेरिएको

विराटनगर। झापाका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ, बुद्धशान्ति गाउँपालिका-३ का २४ बर्षीय अजय तामाङ, १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजवंशी रहेका छन् । घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार साँझ घरबाट नै पक्राउ गरेको हो ।

खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोवायल समेत बरामद गरेको छ । यसैगरी ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले बुधवारेबाट चारआली तर्फ जाँदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा अटोमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध ब्राउनसुगर ५ ग्राम ११० मिलिग्राम सहित तामाङ, राई र राजवंशीलाई बुधवारेबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : २०:४५:२७ , ३ वर्ष अगाडि

error: Content is protected !!