बि.स. : २०८३ साउन १७, आइतबार

जीप दुर्घटना हुँदा एक जनाको घटनस्थलमै मृत्यु

Aarya News Desk 3461  पटक हेरिएको

सुर्खेत। जुम्ला बजारबाट पातरासी गाउँपालिकाको लासी जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको घटनस्थलमै मृत्यु भएको छ।

सोमबार अपरान्ह ४:०० बजे, पातरासी गाउँपालिका-६ ग १ ज ४०३५ नम्बरको जीप कोटाभिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी निरीक्षक यम बहादुर बुढा मगरले बताए।

उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा पातरासी गाउँपालिका-१ खालाढिक बस्ने छोजुम लामा रहेकी छन्। ‘घाइते सबैलाई उपचारका निम्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको छ,’ उनले भने, ‘घाइतेहरूको संख्या पनि एकीन भएको छैन।’

प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिप्रका जुम्लाले जनाएको छ। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो।

प्रकाशित मिति: २०२३-०१-१६ , समय : १९:३३:३६ , ४ वर्ष अगाडि

error: Content is protected !!