बि.स. : २०८२ माघ २६, सोमबार

हलेसी महिला सशश्क्तिकरण सेव केन्द्रले १६ जना जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गरे

Aarya News Desk 3021  पटक हेरिएको

विरानगर। हलेसी महिला सशश्क्तिकरण सेव केन्द्रले ७५ वर्ष देखि १०५ वर्षसम्मका जेष्ठ नागरिक र एकल महिलाहरुलाई सम्मान गरिएको छ। जाडो र शिलाहर बढेको कारण विराटनगर महानगर पालिका वडा नम्बर ८ बिश्वकर्मा चोक स्थित एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा कम्मल दिई सम्मान गरिएका छन् ।

१६ जना जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेका हुन् । माघे संक्रान्ति पर्वको अवसरमा तिलको लडू, बिस्कित ,फलफुल समेत वितरण गरेको छ।

कार्यक्रमको प्रमुख अथिति बिराटनगर महानगर पालिकाको निवर्तमान मेयर तथा प्रदेश नम्बर १ को सांसद माननीय भिम पराजुलीले न्यानो कपडा कम्मल दिई सम्मान गरिएको थियो। प्रमुख अथिति पराजुलीले पुण्य र कर्म कहिले खेर जादैन हरेक पुण्य र कर्मको फल आवस्य पाइन्छ बताउनुभयो। कल्युगमा शास्त्रले के भन्छ जति गर्नु पुण्य कर्म त्यो अनुसार यसै युगमा फल पाउनुहुन्छ बताउनुभयो।

हलेसी महिला सशश्क्तिकरण सेव केन्द्रकी अध्यक्ष सित बरालको सभापतित्यो भएको सो कार्य कार्यक्रमा हाम्रो प्रायसकी अध्यक्ष साबित्ती ढकाल , सुधिर रेग्मी, मणिन्द्र राज पौडेलले उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२३-०१-१६ , समय : १८:३६:३३ , ३ वर्ष अगाडि

error: Content is protected !!