बि.स. : २०८३ साउन १७, आइतबार

विमान दुर्घटनामा ६८ जनाको शव फेला परे

Aarya News Desk 3716  पटक हेरिएको

विराटनगर। पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६८ जनाको शव फेला परेको छ। अझैं ४ जनाको अवस्‍था अज्ञात छ। उद्दार कार्य जारी छ।

दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको काश्की प्रहरीले जनाएको छ।

यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए।
आइतबार बिहान ६८ जना यात्रु लिएर विमान पोखरा उडेको थियो।

पोखरा विमानस्थलमा अवतरण गर्न नपाउँदै विमान दुर्घटना भएको हो। विमान पाइलट कमल केसीले उडाएका थिए।

प्रकाशित मिति: २०२३-०१-१५ , समय : १८:४६:१० , ४ वर्ष अगाडि

error: Content is protected !!