बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

यसरी खानुस् मरिच, हुन्छन् यस्ता फाइदा !

Aarya News Desk 1954  पटक हेरिएको

देवानगंज। कालो मरिच परायाको भान्सामा प्रयोग हुने गर्छ। विशेष गरेर कालो मरिच भान्सामा खानामा स्वाद ल्याउनको लागि प्रयोग हुने कुरा त प्रायलाई थाहा हुने गर्छ। तर स्वास्थ्यको हिसाबमा पनि मरिच धेरै फाइदाजनक भएको कुरा प्रायलाई थाहा नहुन सक्छ। आयुर्वेद अनुसार कालो मरिचलाई धेरै रोगहरुको उपचारमा प्रयोग गर्ने गरिन्छ।

कालो मरिचलाई घरेलु औषधिको रुपमा लिइने गरिन्छ भने कालो मरिचमा पिपरीन, आयरन, पोटेशियम, मयाग्नीशियम, जिंक, क्रोमियम, विटामिन सी, विटामिन ए, विटामिन डी, ऐसे एन्टी अक्सिडेन्ट तथा अन्य पोषक तत्‍व पनि पाइने गर्छ। कालो मरिचले क्यान्सर जस्तो खतरनाक रोगसँग पनि लड्न सक्ने क्षमतामा वृद्धि गर्न समेत सहयोग गर्ने विश्वास गर्ने गरिन्छ।

मरिचले पाचन प्रणाली राम्रो बनाउनको लागि धेरै सहयोग गर्ने गर्छ। अपच जस्तो स्वास्थ्य समस्यामा पनि मरिचले धेरै सहयोग गर्ने गर्छ। शरीरमा भएको सर्दी निकाल्नको लागि पनि मरिच धेरै फाइदाजनक मानिने हुँदा यसलाई रुगा-खोकी लागेका व्यक्तिहरुले पनि प्रयोग गर्ने गरिन्छ। हाम्रो दैनिकीमा प्रयोग हुने यस कालो मरिचलाई मिलाएर प्रयोग गर्ने हो भने धेरै परिकाबाट फाइदा जनक सावित हुन सक्छ।

मरीचमा फाइटोन्यूट्रीसियंस गुण रहने हुनाले तौल बढ्न नदिने गर्छ। यस गुणले शरीरमा बोसो नियन्त्रण गर्ने गर्छ। जसका कारण शरीरको वजन कम गर्न पनि धेरै मद्दत गर्ने हुन्छ। यति मात्र नभएर शरीरमा भएको ग्यास पनि हटाउन मरिचले धेरै मद्दत गर्ने गर्छ। यति मात्र नभएर मरिचले आँखाको ज्योति घट्न नदिन पनि धेरै सहयोग गर्ने गर्छ।

प्रयोग गर्ने विधि
३-४ दाना मरिच चपाएर खानु धेरै राम्रो मानिन्छ। अझ मरिचलाई पिसेर महसँग मिलाउनु भएको भने धेरै राम्रो हुन्छ। मरिच प्रयोग गर्ने सबै भन्दा राम्रो तरिका भनेको किशमिशसँग मिलाएर खानुलाई मान्ने गरिन्छ। यदि कोही पनि व्याक्तिले मरिचलाई ७ दिन सम्म यी तरिका अपनाएर शेवन गरेमा फाईदा आँफै थाहा हुन आउँछ। मरिच शेवन गर्दा सुत्नु भन्दा अगाडी गर्नु धेरै राम्रो मानिन्छ ।

प्रकाशित मिति: २०२३-०१-०८ , समय : १०:२६:१२ , २ वर्ष अगाडि

error: Content is protected !!