बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

अबैध रुपमा हुने चोरी पैठारीको कार्यलाई निरुद्साहित गर्न असफल

Aarya News Desk 2025  पटक हेरिएको

विराटनगर । खुला सिमानाको कारण अबैध रुपमा हुने चोरी पैठारीको कार्यलाई निरुद्साहित गर्न चालिएको कदम अहिले पनि पुर्णरूपमा सफल हुनसकेको छैन।

विराटनगर रानी भन्सार कार्यालयले जोगवनि बजारबाट समान किनेर ल्याउनेलाई राजश्व तिर्न लगाएर समान छोडि दिए पनि जोगवनिका ठूला व्यापारीहरूले अबैध रूपमा सोही बाटोबाट विराटनगर सम्म समान ल्याईदिने गरेका छन्।

जोगवनिका नाम चलेका कपडा व्यवसायहरू नारायण स्टोर, कलकता स्टोर, रुपरङग स्टोर, रूपसागर स्टोर, आदर्श बश्त्रा लगायत आधा दर्जन भन्दा बढि कपडा पसल हरुले विराटनगर सम्म ल्याईदिने गरी जिम्मा समेत लिने गरिन्छ।

जोगवनिबाट कपडा ल्याउदा जोगवनिका पसल सञ्चालकले आफ्नो कर्मचारी संगै पठाएर जोगवनि नाका काटेर नेपाल तर्फ संगै आउने र भन्सार क्षेत्रमा समस्या आएमा सो समस्याको समाधान समेत गरि दिने गरेका छन्।

जोगवनिमा रहेको कपडा पसलमा ठूलो परिमाणको समान किन्नै हरूले पसल सञ्चालक संग विराटनगर मै समान लिन्छु भनेमा समानको मूल्यको ५ देखि १० प्रतिशतसम्म थप दस्तुर लिई समान किनेको अर्को दिन विराटनगरको कपडा पसल बाट समान उपलब्ध गराउने समेतको व्यवस्था गर्ने गरेका छन्।

यसलाई न्युनिकरण गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।

प्रकाशित मिति: २०२३-०१-०७ , समय : १९:३७:०२ , २ वर्ष अगाडि

error: Content is protected !!