बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु

Aarya News Desk 916  पटक हेरिएको

विराटनगर। मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ स्थित साथी अनोज चौधरीको घरमा पाहुना आएका युवकको सोमबार राती मृत्यु भएको हो। विराटनगर–१३ का २१ वर्षीय शौरव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादव अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

यादवको मृत्युको कारण खुल्न बाँकी छ । उनी लागूऔषधका सेवनकर्ता रहेको दाबी प्रहरीको छ ।

लागूऔषधको मात्रा धेरै भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति: २०२३-०१-०३ , समय : १०:४८:४४ , ३ वर्ष अगाडि

error: Content is protected !!