बि.स. : २०८२ माघ २६, सोमबार

कञ्चनपुरमा हतियारसहित तीन जना भारतीय लुटेरा पक्राउ

Aarya News Desk 2287  पटक हेरिएको

कञ्चनपुर। कञ्चनपुरमा तीन जना भारतीय लुटेरा हतियारसहित पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका –१ वैशाखाबाट हतियारसहित तीन जना भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र शाहले जानकारी दिए।

प्रहरी र स्थानीयले गएराती घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उखुबारीमा लुकेपछि घेरा हालेर रातभर खोजी गरिएको थियो।

दुई जनालाई रातिनै पक्राउ गरिएपनि अर्का एक जनालाई बिहान समात्न सफल भएको भण्डारीले बताए। लुटेराबाट प्रहरीले एक पेस्तोल र गोलीसमेत बरामद गरेको छ।

केही समय यता बेलौरीको सीमा क्षेत्रमा चोरी र लुटपाटका घटना बढेका थिए।

प्रकाशित मिति: २०२२-१२-३१ , समय : ११:४२:४२ , ३ वर्ष अगाडि

error: Content is protected !!