बि.स. : २०८२ चैत्र २३, मंगलबार

वनभोज खाने क्रममा विवाद हुँदा एक युवकमाथि खुकुरी प्रहार

Aarya News Desk 3643  पटक हेरिएको

गुल्मी । वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको मदाने गाउँपालिकामा एक युवकमाथि खुकुरी प्रहार भएको छ।

मदाने गाउँपालिका-६ स्थित कन्के देउरालीमा वनभोज खान गएका स्थानीय १८ वर्षीय सन्तोष कुँवरमाथि सोही ठाउँका ३३ वर्षीय रमेश परियारले शुक्रवार आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाटले जानकारी दिए।

घाइते कुँवरको दाइने हातमा ठूलो चोट लागेको छ। उनलाई उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको एसपी रानाभाटले बताए। कुँवरको अवस्था गम्भीर रहेको छ।

प्रहरीले परियारसँगै प्युठानको झिमरुक गाउँपलिका(४ बाङेसालका १८ वर्षीय प्रशान्त परियारलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए।

प्रकाशित मिति: २०२२-१२-३१ , समय : ०९:०९:५७ , ३ वर्ष अगाडि

error: Content is protected !!