बि.स. : २०८२ चैत्र १९, शुक्रबार

ल्होसारको शुभकामना दिंदै पर्वले आपसी सम्बन्ध बढाउँछ:प्रधानमन्त्री प्रचण्ड

Aarya News Desk 4070  पटक हेरिएको

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताए।

नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित भएको बताए।

उनले यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध सदृढ हुने विश्वास लिएको बताए। ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरे ।

प्रकाशित मिति: २०२२-१२-३० , समय : ०९:१५:५९ , ३ वर्ष अगाडि

error: Content is protected !!