बि.स. : २०८२ माघ २७, मंगलबार

प्रधानमन्त्री ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवास सरे

Aarya News Desk 1631  पटक हेरिएको

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवास सरेका छन्। उनी बुधबार साँझ सरकारी निवास सरेका हुन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन्।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड नेकपा एमालेसहित सात दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेका थिए।

उनले ८ सदस्यीय मन्त्रिपरिषद् विस्तारसमेत गरेका छन्। जसमा उपप्रधान एवं अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजनामन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र ज्वाला साह, दामोदर भण्डारी र राजेन्द्र कुमार राई मन्त्री भएका छन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन।

प्रकाशित मिति: २०२२-१२-२८ , समय : २०:०४:१७ , ३ वर्ष अगाडि

error: Content is protected !!