बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सधै खाने गर्नुहोस मेवा, खाँदा हुन्छन् यी फाइदाहरु

Aarya News Desk 2750  पटक हेरिएको

विराटनगर। जुनसुकै मौसम होस्, स्वास्थ्यका लागि ध्यान दिनु निकै जरुरी हुन्छ । र, यसका लागि मेवा खानु फाइदाजनक हुन्छ ।

आयुर्वेदिक नजरमा पनि मेवा अत्यन्त खास फल हो । मेवा खानाले शरीरको रगत शुद्ध हुने मात्र होइन, पेटदेखि लिएर छालासम्म राम्रो हुन्छ ।

मेवा भिटामिन युक्त हुन्छ र यसले एन्टी अक्सिडेन्ट तथा फाइबरको पनि काम गर्छ । रगत जम्नबाट रोक्ने मेवाले मुटुका अनेक रोगबाट पनि टाढा राख्न सहयोग गर्छ ।

दैनिक खानामा मेवा खानाले बढ्दो तौल घट्न थाल्छ । जसलाई आफ्नो तौल घटाउन मन छ, उनीहरुले त झन् मेवा खानै पर्ने हुन्छ । यसमा हुने फाइबरले स्वास्थ्य पनि राख्छ ।

मेवाको गुलियोपना मधुमेह भएका बिरामीलाई पनि राम्रो हुन्छ, चिनी छोड्न पर्ने भएकाहरुलाई मेवा अत्यन्त महत्वपूर्ण हुनसक्छ । मेवा खाँदा भिटामिन ए पाइने भएकाले आँखाका लागि पनि यो फल अत्यन्त राम्रो मानिन्छ ।

तर, मेवा धेरै खानु भने हुँदैन । यसको अत्यधिक सेवन गर्दा मृर्गौलामा पत्थरी हुनसक्छ । त्यस्तै, मेवा बिहान ९ बजेसम्म खानुलाई राम्रो मानिन्छ । साँझ ६ बजेपछि चाहिँ मेवा नखानु नै राम्रो हुन्छ ।

प्रकाशित मिति: २०२२-१२-२० , समय : ११:२७:३७ , ३ वर्ष अगाडि

error: Content is protected !!