बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

जापानमा एक नेपालीको मृत्यु

Aarya News Desk 3501  पटक हेरिएको

जापान। टोकियोमा बस्ने भोजपुरका ४२ वर्षीय दिवश राई शनिबार राति मृत अवस्थामा फेला परेका छन्। उनी टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका थिए।

नेपालमा भोजपुर-४ का रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका रामप्रसाद राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन्।

शनिबार राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई मृत अवस्थामा भेटिएका र तुरून्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ।

प्रहरीले जिम्मा लिए लगत्तै आवश्यक सबै सोधपुछ र अनुसन्धान पछि राईको पार्थिव शरीर अहिले पोष्ट मार्टमका लागि अस्पतालमा लैजाँदै गरेको पारिवारिक निकट स्रोतले जनाएको छ।

राईको मृत्युको कारण पोष्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ। स्वर्गीय राईकी नेपालमा ७ वर्षीय एक छोरी छिन्।

प्रकाशित मिति: २०२२-१२-१८ , समय : ११:५९:४६ , ४ वर्ष अगाडि

error: Content is protected !!