बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

आगोले जली एक जना बृद्धा महिलाको मृत्यु

Aarya News Desk 981  पटक हेरिएको

फिदिम। पाँचथरको फिदिम नगरपालिका-१३ स्थितमा आगोले जली एक जना बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ बर्षीया सुकमति नेम्वाङ रहेकी छन् ।

फिदिम-१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकि नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जली मृत अवस्थामा फेला परेकि हुन । मृतक लाशलाई आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाईएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बुधबार बिहान घरबाट धुवा निस्केको स्थानिय मानिसले देखि तत्काल घर भित्र गई हेर्दा बृद्धा महिलाको शरिरमा आगो सल्केको देखि पानी खन्याई आगो नियन्त्रण गरेको भन्ने खबर प्राप्त हुनासाथ घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको टोली खटि गएको थियो ।

प्रकाशित मिति: २०२२-१२-१५ , समय : १५:५१:५० , ३ वर्ष अगाडि

error: Content is protected !!