बि.स. : २०८२ माघ २६, सोमबार

श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

Aarya News Desk 2284  पटक हेरिएको

दुलेगौँडा। तनहुँको दुलेगौँडामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१० शिसुवा स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मनबहादुर नेपालीको श्रीमतीको कुटाईबाट मृत्यु भएको हो।

बुधबार बेलुका करिब ९:३० बजे मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमती शुशिला वि.कले श्रीमान् मनबहादुरको टाउकोमा ढुङ्गाले हान्दा गम्भीर घाइते भएका थिए।

घाइते उनलाई बेलचौतरास्थित जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको थियो। उनको उपचारको क्रममा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घटनामा संलग्न श्रीमती शुशिला वि.कलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

प्रकाशित मिति: २०२२-१२-१५ , समय : १०:१५:३९ , ३ वर्ष अगाडि

error: Content is protected !!