बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

भारतीय सैनिक र चिनियाँ सैनिकबीच झडप

Aarya News Desk 3382  पटक हेरिएको

नयाँ दिल्ली। भारतको अरुणाचलमा भारतीय सैनिक र चिनियाँ सैनिकबीच झडप भएको छ।

अरुणाचलको सीमावर्ती क्षेत्रमा दुवै पक्षबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचारअनुसार झडपमा दुवै पक्षका सैनिकहरू घाइते भएका छन्। भारतको रक्षा मन्त्रालयले घटना गत ९ डिसेम्बरमा घटेको जनाएको छ।

तवांगमा चिनिया सैनिकहरू प्रवेश गरेपछि झडप भएको बताइएको छ। तीन सय बढी चिनियाँ सेनाहरूले सीमावर्ती क्षेत्रमा प्रवेश गर्न खोजेपछि भारतीय सेनाले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ। चिनियाँ पक्षले भने यसबारे केही खुलाएको छैन।

प्रकाशित मिति: २०२२-१२-१३ , समय : ०८:१०:३६ , ४ वर्ष अगाडि

error: Content is protected !!