बि.स. : २०८३ आषाढ ०८, सोमबार

बाल यौन दुर्व्यवहारको आरोपमा एक आयुर्वेदिक वैद्य पक्राउ

Aarya News Desk 3811  पटक हेरिएको

सोलुखुम्बु। सोलुखुम्बुमा बाल यौन दुर्व्यवहारको आरोपमा एक आयुर्वेदिक वैद्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-१७ घर भई आरोग्य केन्द्र सोताङमा कार्यरत्त वर्ष ४० का राधेश्याम प्रसाद शाह रहेका छन्। शाहमाथि सोताङ गाउँपालिकाकै एक १० वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ। शुक्रबार पक्राउ परेका शाहविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ।

पक्राउ परेका शाहलाई आइतबार म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : १०:२६:३२ , ४ वर्ष अगाडि

error: Content is protected !!