बि.स. : २०८२ माघ २६, सोमबार

निर्वाचन आचारसंहिता आजबाट निष्क्रिय

Aarya News Desk 3292  पटक हेरिएको

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु गरेको निर्वाचन आचारसंहिता सोमबारदेखि निष्क्रिय भएको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आजदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : ०८:३३:३३ , ३ वर्ष अगाडि

error: Content is protected !!