बि.स. : २०८२ माघ २६, सोमबार

बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु;२८ जना घाइते

Aarya News Desk 2379  पटक हेरिएको

कुन्दुज। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ।

प्रान्तीय राजधानी कुन्दुज बाहिर दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन्।प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी गराए।

दुर्घटनाका लागि चालकको लापरबाहीलाई जिम्मेवार ठहर्‍याउँदै रोहानीले सम्बन्धित अधिकारीहरूले राजमार्ग ट्राफिक सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने बताए।

पहाडी भूगोल, कमजोर सडक संरचना र चालकहरूद्वारा हुने यातायातका नियम उल्लङ्घनका कारण अफगानिस्तानमा हरेक वर्ष सयौँ यात्रुले अकालमा जीवन गुमाउने गरेका छन्।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : ०८:२४:५१ , ३ वर्ष अगाडि

error: Content is protected !!