बि.स. : २०८३ बैशाख १६, बिहिबार

छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्य सक्दैन:मन्त्री उमा रेग्मी

Aarya News Desk 2186  पटक हेरिएको

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन्।

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० बर्षदेखि छलफल मात्रै हुने गरेको भन्दै वास्तविक रूपमा नै हिंसा अन्त्य गर्नका लागि घर घरबाटै अभियान चलाउनुपर्ने बताएकी हुन्।

हिंसाको जरो घर भित्रै रहेकाले घरबाट नै हिंसा अन्त्यको अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ। उनले महिला हिंसा घर, समाज, कार्यालय, राजनीतिक दल लगाएत हर स्थानमा महिला हिंसा रहेकाले यो समस्या महिला वा राज्यले मात्रै समाधान गर्न नसक्ने धारणा राखे।

मन्त्री रेग्मीले हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन पनि अनिवार्य भएको बताए।

प्रकाशित मिति: २०२२-१२-११ , समय : १५:४६:५२ , ३ वर्ष अगाडि

error: Content is protected !!