बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प

Aarya News Desk 3504  पटक हेरिएको

एजेन्सी। दुबईमा एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटिएको छ।

जहाजभित्र सर्प भेटिएपछि यहाँको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार बी ३७-८०० नम्बरको विमान केरलाको कालोकटबाट शनिबार दुबई अवतरण भएको थियो।

विमानको सामान राख्ने स्थानमा सर्प भेटिएको हो। विमानबाट सबै यात्रु सकुशल बाहिर निकालिएको थियो। नागरिक उड्डयन महानिर्देशनालयका एक अधिकारीले जहाजभित्र सर्प भेटिएकोबारे जानकारी दिँदै सर्प निकाल्न एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको बताएका छन्।

उनले ग्राउन्ड ह्याडलिङका क्रममा गल्ती भएका कारण सो घटना भएको बताएका छन्। उनले घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गरिने बताए।

तर, एयर इन्डिया एक्सप्रेसले घटनाबारे केही जानकारी दिएको छैन।

प्रकाशित मिति: २०२२-१२-११ , समय : १३:१८:५६ , ४ वर्ष अगाडि

error: Content is protected !!