बि.स. : २०८२ चैत्र १९, शुक्रबार

विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु

Aarya News Desk 3473  पटक हेरिएको

एजेन्स। कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए ।

रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । एक्कासी ढलेका उनलाई हृदयघात भएको यूएस सकरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खेल पत्रकारितामा कलम चलाउने प्रतिष्ठित फुटबल पत्रकार गुमाउनु दु:खद भएको यूएस सकरको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: २०२२-१२-१० , समय : १३:०१:१२ , ३ वर्ष अगाडि

error: Content is protected !!